फिचर

कहाँ–कहाँ भयो हिमपात (फोटोफिचर)

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा बुधबार परेको हिउँ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । तस्बिर : विजय रावत/रासस
जुम्लाको सदरमुकाम खलङ्गा बजारमा बुधबार परेको हिउँ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । तस्बिर : विजय रावत/ रासस
हुम्ला बुधबार राति भएको हिमपात । तेस्रोपटक हिमपात हुँदा किसान खुसी भएका छन् । तस्बिर : दाने बोहरा/रासस
हुम्ला बुधबार राति भएको हिमपात । तेस्रोपटक हिमपात हुँदा किसान खुसी भएका छन् । तस्बिर : दाने बोहरा/रासस

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट बिहीबार बिहान देखिएको दादिङ्को डाँडामा देखेको हिउँ। तस्बिर : कुलदीप न्यौपाने/रासस

म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन टोली हिउँले ढाकेको पदमार्ग छिचोलेर रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेतर्फ जाँदै । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ्ग एजेन्सीज् एसोसियशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको खोज अनुुसन्धान गरिएको हो । तस्बिर : सन्तोष गौतम/रासस
रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडकखण्डको रुपगामा बिहीबार भएको हिमपात । तस्बिर : कुलदीप न्यौपाने/रासस
रुकुम पूर्व भुमे गाउँपालिका–१ रुपगामा परेको हिउँमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । तस्बिर : कुलदीप न्यौपाने/रासस
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको उमिधुरी हुँदै कुइनेखानी जाने हिउँले ढाकिएको बाटो भारी बोकेर हिड्दै सर्वसाधारण । हिमपात भएपछि यस क्षेत्रमा आवतजावत गर्न कठिनाई भएको छ । तस्बिरः कमल खत्री/रासस
रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित कुइनेमा भारी हिमपात भएपछि हिउँका कारण सवारीसाधन सञ्चालन गर्न समस्या भएकाले सडकमै रोकेको काठमाडौँबाट आएको यात्रुवाहक रात्रीबस । तस्बिर : कुलदीप न्यौपाने/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *