देश

नेपाली सेनाको २६१औं वार्षिकोत्सव टुँडिखेलमा (फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक कार्यक्रमको प्रस्तुति गर्दै मनाएको छ । महाशिवरात्रिको दिनलाई नेपाली सेनाले
सैनिक दिवसका रूपमा मनाउँदै आएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुले समेत सहभागि जनाएका छन् । नेपाली सेनाले आज सेना दिवस भव्यताका साथ मनाएको छ । सैनिक मञ्चमा आयोजित समारोहमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाज, प्यारासुटलगात पदर्शनहरु गरिएको थियो ।

यसपटक सेना दिवस समारोहमा मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरिएको छ । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुति पनि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *