काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । उक्त कन्सर्टमा सहभागी हुन उल्लेख्य संख्यामा दर्शकको भिड राजनीतिक दलका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल , शिक्षामन्त्री विद्या भट्टराई लगायतका मन्त्रीहरुले सहभागी जनाएर सम्पूर्ण देशवासीहरुका लागि संविधान दिवशको शुभकामना व्यक्त गरेका छन् ।
बृहत् नागरिक आयोजक समितिले आयोजना गरेको उक्त कन्सर्टमा विभिन्न कलाकारहरूको प्रस्तुति रहेको छ । सरकारले कन्सर्टमा सहभागी हुन देशवासी सबलाई आग्रह गरेको छ। दर्शकहरू राष्ट्रिय झण्डा बोकेर दरबारमार्ग क्षेत्रमा सांगीतिक प्रस्तुतिमा झुमिरहेका छन्। कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ। राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका ब्यान्डहरूले प्रस्तुति दिइरहेका छन् । साथै देशभरी संविधान दिवस राष्ट्रिय दिवस मनाइएको छ ।