फिचर

प्रहरीद्धारा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाइयो (फोटोफिचर)

काठमाडौं । नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ । विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कला प्रस्तुत गर्दै आएको छ । सोही अवसरमा के–नाइन कार्यालय महाजगञ्जमा बिहीबार प्रहरीका तालिम प्राप्त कुकुरहरुले विभिन्न कला प्रस्तुत गरे ।

के–नाइन कार्यालय प्रमुख तथा डीआईजी देउती गुरुङको उपस्थितीमा प्रहरीले कुकुर तिहार मनाएको हो । यो वर्षको सर्वोत्तकृष्ट कुकुरको अवार्ड भने ‘टाइगर’ नामको के–नाइनले पाएको छ ।

के–नाइनले सिन्धुपाल्चोककी रत्नकुमारी थापा र नुवाकोटकी नेत्रकुमारी क्षेत्रीको हत्यामा सफल अनुसन्धान गरेको थियो । ‘टाइगर’ कुकुरकै सहयोगले यी दुई महिलाका हत्यारा पक्राउ पर्न सफल भएका थिए । ‘टाइगर’लाई आज कुकुर तिहारको दिन डीआईजी देउती गुरुङले मेडल समेत प्रदान गरेकी थिइन् । ‘टाइगर’ पछिल्लो दुई वर्षदेखि अनुसन्धानमा खटिँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *