देश

वीरगंजमा छठ पर्वको उत्वसव झिलीमिली (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चर्चित वीरगंजको घडीअर्वा पोखरी छठघाट सहित नगरक्षेत्रका तिन दर्जनबढि छठघाटहरुको सम्पुर्ण तयारी पुरा भएको छ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरू पोखरी,नदी, ताल तलाउमा पुग्ने भएपछि नगरक्षेत्रका पोखरीहरूको भव्य सजावट गरिएको छ ।

वीरगंजको घडिअर्वा पोखरीस्थित छठपूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको जनाएको छ ।छठपूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानूले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा करिब १५ लाख ४१ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको बताए ।

त्यस्तै सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानु ले छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकमा गरी २ सय ५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट्स क्लबका ५० जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । यस्तै छठघाट परिसरमा २० वटा भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताए ।

कार्यक्रम अवधिभर सुरक्षा लाई मध्यनजर गर्दै वारुणयन्त्र र एम्बुलेन्स सेवालाई समेत तयारी अवस्थामा राखिएको सुरक्षा संयोजक मुन्ना साहकानुले बताए । यसैगरी वीरगंजको मुर्ली, नगवा, रानीघाट, राधेमाई, छपकैया, माईदिया पोखरीका छठघाटहरु समेत भव्यरुपमा सजाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *