खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सम्बन्धि जानकारी

  • परिचय

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना Global Agriculture and Food Security Program (GAFSP) को आर्थिक सहयोगमा संचालित आयोजना हो।यस आयोजना संचालनको लागि  नेपाल सरकार र आई.डी.ए. (International Development Association) बिच वि.सं. २०७५ कार्तिक २८ गते (14 November 2018) अनुदान सम्झौता भएको थियो। यस आयोजनाको कुल अवधी पाँच बर्षको रहेको छ भने आयोजनाको कार्यक्षेत्रको रुपमा ८ वटा जिल्लाहरु (गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा, धनुषा, महोत्तरी, सिराहा, सप्‍तरी) को १६  गाँउपालिका रहेका छन्। यस आयोजनाको संचालन नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालयले गर्नेछ भने सुपरिवेक्षण कार्य विश्‍व वैंक (World Bank) बाट हुनेछ साथै आयोजनाका कृयाकलापहरु संचालनमा प्राविधिक सहयोग (Technical Assistance) संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (FAO) ले गर्नेछ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रलाई मेरुदण्डको रुपमा लिईन्छ।खाद्य तथा पोषण सुरक्षा आफैमा बहुआयामिक विषय हुनुका साथै यसको सुनिश्चितताको लागि कृषि क्षेत्रको अहम् भूमिका रहेको हुन्छ।नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ।नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताको लागि विभिन्‍न राष्ट्रिय नीति तथा कार्यक्रमहरु तर्जुमा गरि कार्यान्वयन गर्नुका साथै विभिन्‍न अन्तराष्ट्रिय सम्झौता तथा सहमतिहरुको पक्ष राष्ट्रको रुपमा कार्य गरिरहेको छ।नेपाल दिगो विकासका लक्षहरु (Sustainable Development Goals) को पक्ष राष्ट्र हो।नेपाल सरकारको दिर्घकालीन सोच २१००पन्धौ योजना तथा कृषि विकास रणनीति लगायतका विभिन्‍न नीति तथा योजनाहरुमा खाद्य तथा पोषण सुरक्षाले विशेष महत्व पाएका छन्।

कृषि क्षेत्रको समग्र विकासको लागि नेपाल सरकारले कार्यन्वयनमा ल्याएको कृषि विकास रणनिति (२०१५-३५) का चारवटा Flagship कार्यक्रमहरु मध्‍ये “ खाद्य तथा पोषण सुरक्षामा सुधार ” कार्यक्रमले तय गरेको अत्यन्तै पिछिडिएका वर्गहरुको खाद्य तथा पोषण सुरक्षा सुधार सम्बन्धि उद्देश्य हासिल गर्न र कृषि विकास रणनितिको परिकल्पनामा रहेका समावेशी, जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षा जस्ता सम्भागका सूचकहरुको लक्ष्‍य प्राप्‍त गर्न; दिगो विकासका लक्ष्यहरु प्राप्‍त गर्न नेपाल सरकारले गरेको प्रतिबद्धता अन्तर्गतका लक्ष्यहरु गरिबिको अन्त्य, शुन्य भोकमरी, लैंगिक समानता र जलवायु सम्बन्धि कारवाही हासिल गर्न साथै नेपाल सरकारको पन्ध्रौं योजनामा उल्लेखित सूचकहरु जलवायु परिवर्तन अनुकुलशिलता, ५ वर्ष मुनिका कम तौल भएका बालबालिका, बाल मृत्युदर, मातृ मृत्युदर, बहुआयामिक गरिबीमा रहेको जनसंख्या, निरिपेक्ष गरिबि र कृषिका सूचकहरुको लक्ष्य प्राप्‍तिका लागि यस आयोजनाले प्रतक्ष्य रुपमा सहयोग गर्दछ। यस आयोजनाबाट कूल १६ गाउँपालिहरुका प्रत्यक्ष ६५,००० कृषक परिवारहरु लाभान्वित हुनेछन्। आयोजनाको लाभग्राही विशेष गरी आर्थिक र सामाजिक रुपमा पछि परेका महिला, भुकम्प र बाढी पिडित, गरिब, खाद्य असुरक्षित, विपन्‍न तथा सिमान्तकृत बर्गहरु लक्षित हुनेछन ।

  • आयोजना विकास लक्ष्‍यः
  • आयोजना प्रभाव क्षेत्रका लक्षित साना कृषक समुदायको जलवायु समानुकुलनमा सुधार, कृषि उत्पादकत्वमा वृद्धि र पोषण अवस्थामा सुधार ल्याउनु।
  • उद्देश्य:
  • कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी खाद्य सुरक्षामा सहयोग गर्ने ।    
  • जलवायुमैत्री तथा पोषण मैत्री कृषि प्रविधिहरुको अनुसरण र प्रसार गर्ने ।
  • साना कृषकहरुको आय आर्जन र विविधिकरण प्रबर्द्धन गरि बजारमा पहुँच बढाउने ।
  • सुनौला हजार दिनका आमाहरु तथा ६-२४ महिना सम्मका बच्चाहरु पोषण स्थितिमा सुधार ल्याउने ।
  • कृषकहरुको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समुह तथा सहकारीको संस्थागत विकास तथा सवलिकरण गर्ने ।
  • आयोजनाको मुख्य नतिजा सूचकहरु
क्र.स.सूचकहरुलक्ष्‍य
उन्‍नत कृषि प्रविधिहरुको (जलावायुमैत्री कृषि प्रविधि सहित) अनुसरण गर्ने कृषकको संख्यामा वृद्धि३१८०० कृषकहरु (६५% महिला)
प्रत्यक्ष लाभग्राहीहरु को कृषि तथा पशुजन्य उत्पादकत्वमा वृद्धी  अन्‍नबाली- २५%मासु- ४०%
तरकारी- ३०%दुध- ३५%
कृषकहरुको घरधुरी आय (कृषि तथा गैह्र कृषि) मा बृद्धि२५% ले वृद्धि
खाद्य असुरक्षा अनुभव स्केल (FIES)मा प्राप्‍त हुने अंकमा सुधार४०% ले वृद्धि
सुनौला हजार दिनका आमाहरु तथा २४ महिना सम्मका बच्चाहरुमा पौष्‍टिक आहार खाने दरमा सुधार२०% ले वृद्धि
  • आयोजना लागु हुने कार्यक्षेत्रहरुः

भुकम्प प्रभावित पहाडका चार र बाढीबाट प्रभावित तराईका चार गरी कुल आठ जिल्लाहरुका कृषक समुदायहरुको कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि , खाद्य तथा पोषण सुरक्षामा सुधार र आयआर्जनमा बृद्धि गर्ने उदेश्यका साथ नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना ८ जिल्लाको १६ वटा गाँउपालिकाहरु कार्यक्षेत्र रहने गरी लागु भएको छ।

.  आयोजना लागु भएका जिल्लाहरुः

  • भुकम्प प्रभावित जिल्ला (४) : गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक र दोलखा

बाँढी प्रभावित जिल्ला (४) : सिराहा, सप्‍तरी, धनुषा र महोत्तरी

  • आयोजना कार्यालयहरुको सम्पर्क विवरणः
  • आयोजना व्यवस्थापन इकाई (PMU), हरिहरभवन, ललितपुर

फोन नं: ‌०१-५५५२९७१/ ५०१०१०८

इमेल: fansep2018@gmail.com

वेवसाईटः fansep.moald.gov.np

  • आयोजना क्लष्‍टर इकाईहरुको सम्पर्क विवरण
आयोजना क्लष्‍टर इकाई, गोरखा         फोन नं: ९८५६०७०७४५,९८५६०७०७४४         इमेल: fansep.gorkha@gmail.comआयोजना क्लष्‍टर इकाई, सिन्धुपाल्चोक         फोन नं: ‌०११-६२००८६         इमेल: fansep.sindhupalchok@gmail.com
आयोजना क्लष्‍टर इकाई, धनुषा         फोन नं: ‌९८६९६६५१९९         इमेल: fansepdhanusha@gmail.comआयोजना क्लष्‍टर इकाई, सप्तरी         फोन नं: ०३१-५२२३७१, ०३१-५२२३७२         इमेल: fansep.saptari@gmail.com  

  •  Tags

ताजा अपडेट