खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिगः त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को खेल मैदानमा आज भएको खेलमा आर्मीले थ्री स्टारलाई २–० गोलले हराएको हो ।

चौथो चरणअन्तर्गतको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गर्नुभयो । खेलको ५४औँ मिनेटमा नवयुगले पहिलो गोल गर्नुभएको थियो । कप्तान भरत खवासले प्रहार गरेको बलको सदुपयोग गर्दै उहाँले गोल गर्नुभएको हो ।

यस्तै खेलको ७९औँ मिनेटमा सन्तोषले आर्मीका लागि दोस्रो गोल गर्नुभयो । जितसँगै आर्मी चार खेल खेलेर नौ अङ्कसहित लिगको तेस्रो स्थानमा पुगेको छ । थ्री स्टारले चार खेलमा सात अङ्क जोडेको छ । थ्री स्टार अङ्क तालिकाको छैटौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *