ताजा समाचार

गोरखाका अर्जुन थापामगर कास्मिरमा सैनिक भिडन्तमा मारिए

काठमाडौं । भारतीय सेनामा कार्यरत नेपाली युवाको कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा मृत्यु भएको छ ।

गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ।

बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले मारिनेमा एकजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन् । त्यस्तै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको पनि साे भीडन्तम मृत्यु भएको भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले जनाएका छन्।

सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए। पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *