ताजा समाचार

सानेपामा पाैडेल समुहका ४२ जिल्ला सभापति भेला, सिटाैला र डा.शेखर आएनन

काठमाण्डाैं।नेपाली कांग्रेसकाे पार्टी कार्यालय सानेपामा पार्टीका बरिष्ठ नेता रामचन्द्र पाैडेल समुहले जिल्ला सभापतिकाे भेला गरेकाे छ।सानेपामा भएकाे भेलामा ४२ जिल्लाकाे सभापति भेला भएका छन।पाैडेल समुह भनिएपनि यसमा काेइराला र प्रकाशमान सिंहकाे समुह पनि छ।

भेलामा बरिष्ठ नेता रामचन्द्र पाैडेल,डा.शशांक काेइराला,प्रकाशमान सिह,डा.रामशरण महत,अर्जुननरसिह केसी छन । तर,अबकाे महाधिवेशनमा सभापति शेरवहादुर देउवालाइ चुनाैती दिने भनेर देशभरि प्रचार प्रसारमा संलग्न डा.शेखर काेइराला भने धरानमा छन।यस्तै,देउवाकाे कदम गलत भयाे भन्दै हिंडेका कृष्णप्रसाद सिटाैला भेला वारेमा जानकारी पाएर पनि वैठकमा भने आएनन।तर उनकाे समुहका केही सभापति भने भेलामा छन।

त्यसाे त पाैडेल समुहकाे सम्पुर्ण तागत लगाउदा ७७ मध्ये ५६ जिल्ला सभापति आफनाे पक्षमा रहेकाे दावी गर्दै आएका थिए तर साेमवारे भेलामा भने जम्मा ४२ जिल्लाकाे सभापति मात्र भेला भएका छन। भेलालाइ जिल्ला सभापतिसंग परामर्श वैठक भनिएकाे छ। र,बहशकाे लागि चार वुदे प्रस्ताव राखिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *