खेलकुद

शहीद स्मारक ए डिभिजन लिग: बराबरीमा फ्रेण्ड्स र हिमालयन शेर्पा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । बराबरी खेलसँगै दुवै टोलीले एक÷एक अङ्क बाँडेका छन् ।

जारी लिगमा पाँच खेल पूरा गरेको हिमालयन शेर्पाले ३ अङ्क जोडेको छ । यसअघि खेलेको चार खेलमा हिमालयन शेर्पाले दुई खेलमा बराबरी तथा दुई खेलमा पराजय भोगेको थियो । शेर्पाले नेपाल पुलिस क्लबसँग गोलरहित बरबरी र अर्को विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ०सँग १–१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै हिमालयन ंशेर्पा त्रिभुवन आर्मी क्लबसँग २–० ले तथा ब्रिगेड ब्वाईज क्लब ९बीबीसी०सँग १–० ले पराजित भएको थियो । समान खेल खेलेको फ्रेण्ड्स क्लबले दुई अङ्क जोडेको छ । यसअघि फ्रेण्ड्सले एक खेलमा बराबरी तथा तीन खेलमा हार बेहोरेको थियो । लिगको सुरुआती खेलमा फ्रेण्ड्स क्लब आर्मीसँग २–१ ले पराजित भएको थियो भने ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० सँग २–० ले तथा मछिन्द्रसँग ३–० ले पराजित भएको थियो । त्यस्तै फ्रेण्ड्सले मनाङ मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

जारी लिगमा बुधबार दुई खेल हुनेछ । जसमा पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब ९बिबिसी ० र थ्रिस्टार क्लब आमने सामने हुनेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *