खेलकुद

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कोपा इटालियाको क्वाटरफाइनलमा युभेन्टस प्रवेश गरेको छ। बुधबार भएको खेलमा उडिनिजलाई ४-० ले स्तब्ध पार्दै युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको हो।

युभेन्टसको जितमा पाउलो डिबालाले दुई गोल गरे भने गोन्जालो ह्युगिन र डोग्लास कोस्टाले १-१ गोल गरे।

हिजो नै कोपा इटालिया अन्तरगत भएको अर्को खेलमा पाँच पटकको कोपा इटालिया विजेता एसी मिलानले स्पाललाई ३-० ले पराजित गर्दै अन्तिम आठमा पुगेको छ।

त्यसैगरी फियोरेन्टिनाले एट्लान्टालाई २-१ले पराजित गर्‍यो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *