ताजा समाचार

नेकपाका विदेश विभाग प्रमुख नेपाल एमसिसीको विपक्षमा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपाल अमेरिकी विकास सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा देखिएका छन् । पछिल्ला केही दिनदेखि उनी त्ष्सको विपक्षमा देखिएका हुन ।  बहुचर्चित एमसीसी नेपाल र नेपालीका लागि कुनै पनि हालतमा अस्वीकार्य भएको र यदि कसैले त्यसलाई बलपूर्वक लाद्न खोजे त्यसको परिणाम अप्रत्यासित हुने नेपालको भनाई थियो ।

एमसीसी इन्डो प्यासेफिक रणनीतिकै अभिन्न अंग भएकाले हामी अमेरिकी परियोजनालाई स्वीकार्न नसक्ने नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपालको दावी छ । कसैले धम्क्याएर, तर्साएर नेपाली स्वाधिनता र राष्ट्रियतामाथि आँच आउने, सैन्य गतिविधी बढाउने र हाम्रा छिमेकी देशका विरुद्ध गतिवधी गर्ने एमसीसीको विषयलाई पार्टी सचिवालयका केही साथीहरुलाई जिम्मा दिन आफूले पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएको बताए । अरुण ३ मा विश्व बैंकले नेपाल र नेपाली विरोधी प्रस्ताब बोकेर आएको आफु परराष्ट्रमन्त्री बन्दा रद्द गरेको स्मरणगर्दै नेता नेपालले पश्चिमा मुलुकहरुले पटक पटक नेपालमाथि धावा बोलिरहेको र सत्तामा बस्नेहरुले त्यसको गाम्भिर्यता बुझ्न नसकेको टिप्पणी गरे ।

नेता नेपालले पार्टीको गर्भभित्र, समस्याहरु रहेकाले ति समस्याहरु पत्तालगाई गंभीरतापूर्वक बुझ्न र समस्याको हल गर्न आबश्यक रहेको बताएका छन् । प्रशासन प्रमुख, पार्टी कार्यकर्ता र पेशागत संगठनका प्रमुखहरुलाई अलग अलग रुपमा सम्वोधन गर्दै नेता नेपालले पार्टी एकताका केही बाँकी कामहरु अगाडि बढिरहेको र गुटगत मानिसकतालाई छोडेर बृहत एकाताका साथ अगाडि बड्न आग्रह गरे । नेकपाको हाराहारीमा अरु कुनै पार्टी नभएकाले आफ्नो पार्टीलाई एकताबद्ध बनाएर लैजान उनको नेताहरुलाई आग्रह थियो ।

बिधी, पद्धति, पारदर्शिता र मुल्याङ्कन पद्धितिबाट पार्टी सञ्चालन हुनुपर्ने र यदी त्यसो नगरिए त्यसले समस्या मात्रै सिर्जना गर्ने बताउँदै पार्टी विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले सम्पन्न केन्द्रीय समिति बैठकबाट समस्याहरु बुझ्ने काम भएको र ती समस्याहरुको हल गर्न स्थायी समिति बैठकलाई जिम्मा दिएको उल्लेख गरे । बिकास लहडले होइन भन्दै उनले जिल्ला पार्टीका नेताहरुलाई भने–ुमुलुकमा आर्थिक, सामाजिक र साँस्कृति रुपमान्तरण जरुरी छ । त्यसैले इमान्दारिता, स्वच्छता, गतिशिलता र पारदर्शिताका साथ अगाडि बढ्नुहोस् ।ु उनले सय वर्ष पछिका योजनाहरु अगाडि बढाउन सुझाव दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *