ताजा समाचार

सत्यनिरुपण आयोगकाे अध्यक्षमा भट्ट सिफारिस

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठनका विषयमा दलहरुबीच सहमति भएपछि नेपाली कांग्रेसका तर्फबाट गणेशदत्त भट्टको नामसफिरिस गर्ने तयारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान भएको सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसबीचको बैठकले आयोगका पदाधिकारीको नाम टुंगो लगाएको हो ।

यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्वप्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ । दलहरुबीच राजनीतिक सहमति जुटेकाले समितिले नाम सिफारिस गर्नेछ । स्रोतका अनुसार, सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्ने भएका छन् । उनी कांग्रेसको सिफारिसमा आयोग अध्यक्ष हुन लागेका हुन् ।

शुक्रबारको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २ / २ जना लिने भन्नेमा कुरा मिलेको थिएन तर शनिवार बसेको बैठकले यो विषयलाई टुग्याएको वालुवाटार स्रोतले जनाएको छ । शनिबारको बैठकमा यो विषयमा सहमति जुटेको बताइएको छ । सिफारिस समितिले बैठकले क्याविनेटमा सिफारिस पठाउने छ । मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, जितेन्द्र देव र नेकपाबाट खिमलाल देवकोटा सहभागी थिए । तस्वीर : गुगल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *