ताजा समाचार

शालिकराम आत्महत्या प्रकरणमा रविसहित तिनै जनाले पाए सफाइ

काठमाडौं । आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायत तिनै जनाले सफाइ पाएका छन्।  चितवन जिल्ला अदालतले उनी सहित पत्रकार युवराज कडेल र नर्स अस्मिता कार्कीलाई आइतबार सफाइ दिएको हो।

न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनैजनालाई मुद्दा लगाएको थियो।

पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।

पुडासैनी न्युज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता थिए। जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित उनका सहकमी युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।  लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *