
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज छठ पूजामा सरिक हुने भएका छन् ।
उनी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन छठ पूजास्थल गुहेश्वरी र कमलपोखरी जाँदै छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम छ ।
छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।