
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउने छ । शत्रु पनि क्षय हुन सक्छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्यप्रति भने सचेत रहनु पर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सानातिना समस्यामा अल्झनु पर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।