
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । जोश, जाँगर र उमङ्ग बढ्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । बिक्री र बन्द व्यापार फाइदा नहोला । परिवारका कारण चिन्ता बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउने छ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।