आजको राशिफल

मंसिर कृष्ण दशमी पञ्चाङ्ग : आयुष्मान वणिज हस्ता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
गरेको कार्यमा बाधा आउनेछ । धूम्रपान र मद्यपानबाट टाढै रहनु होला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन्, तर मानसिक चिन्ता भने बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा समस्या आउला अतः स्वास्थ्य प्रति सजग रहनु होला, साँझमा भने मन प्रसन्न ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । छटपटी बढ्नाले मन पनि कमजोर रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्ने छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको कार्य अगाडि बढ्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा भने सफलता नमिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । पार्टनरसिपको कार्यमा सफलता मिल्ने छ । दैनिकी विस्तारै सहज होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीतिक क्षेत्रको काम अघि बढ्ने छ । नयाँ कार्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चल्ने छ । परिकारहरू खान पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । सामाजिक हितको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्ने छ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट