
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो ।
नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार अनु शाह (साहित्य(बोस्टन), आचार्य प्रभा (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी(समाजसेवा),माया गुरूङ् ( साहित्य – बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया– साहित्य),शान्ता घिमिरे –न्यूजर्सी( साहित्य), डा. संगीता स्वेच्छा(साहित्य–बेलायत) र सुनिता डंगोल (उपमेयर) – काठमाडौं, समाजसेवा रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।