
१,सुखा बगर
पानी तिर्खा लाग्दामा
पिएँ पसिना
इज्जत जोगाउन
कसिएछ पटुका
२,वरपिपल
गर्मीले सताउँदा
प्रकृति देन
लोभि नजर पर्दा
मासिएछ चौतारो ।
३,बादल लाग्यो
चट्याङ बजारिदा
मानव हत्या
बौलाएछ प्रकृति
मान्छेमा रुवाबासी ।
४,मौलिक हक
कागजमा सीमित
के के हो तन्त्र
राजनीति आडमा
गर्यो बल मिच्याई ।
५,खोलाको पानी
तर्नलाई मुश्किल
आँटिलो मन
दह्रो खुट्टा टेकेर
चल्नखोज्छ अगाडि ।
६,पोखरी भित्र
गुम्सिएको पानीले
गनायो माछा
स्वादै नभएपछि
वान्ता गर्दै छादेको ।
७,दिन र रात
घुमिरहने चक्र
रमिते हामी
जिन्दगीमा पाहुना
धोको संसार जित्ने ।
८,मध्यरातमा
निस्क्यो चर्को आवाज
लाज उदाङ्ग्यो
इज्जत जोगाउँदा
च्यात्तिएको आकास ।
९,महको चाका
खानलाई साँचेको
इच्छा अधूरो
अनकण्टार बाटो
आँखा हेरेको हेरै ।
१०,पचाइसक्दा
दुर्गम गाउँबस्ती
चल्दै आएको
बाचिन्छ खुशी भई
अडेर सपनामा ।
११,कोशी ब्यारेज
वर्षाको पानी जम्दा
निद्रा हराम
समस्या निरन्तर
कोही बोल्दै बोल्दैन ।
१२,पोलेको मकै
मन नै लोभ्याउने
आँखाले देख्दा
स्वादिलो भएपछि
जिस्काएरै खाएको ।