कला/साहित्य

गजल

कहा पुग्छ बाटो,कहा बस्छ खाटो
पुरानो छ छानो ,कहा बस्छ भाटो ॥

फुलेको छ डाली, झुलेको छ बाली
यही फल्छ मोती ,हिरा बन्छ माटो ॥

नमान्नु कसैको,दियो धाक भन्दै
छ थाहा यहा के,उही बन्छ टाटो ॥

भकारी भरी छन् ,मकै धान कोदो
यसैबाट खुशी , यही बन्छ फाटो ॥

दियौ ज्ञान शक्ती ,लियौ मौन युक्ती
पसीना बगाऊ ,मिठो बन्छ आटो ॥

कोमल,काठमाडौ
२०८०/११/२०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *