तिमी पानी भन्दै आए,फर्की फर्की हेरी दिन्छु
धेरै दुख दियौ भने,झर्को फर्को गरी दिन्छु
हिड्न देऊ मेरो बाटो,तिमीलाई बिगार्दिन
बाटो छेक्न खोज्यौ भने,मुर्ख बनी झरी दिन्छु॥
तिमी मात्रै हैन बाबै,अरू पनि आऊ भन्छन्
आफ्नो सुख खोज्ने भन्दै,मेरो बाटो छेक्न खोज्छन्
म नभएको दिन हेर,बिरामी नै हुन्छौ तिमी
किरा अनी अझै अरू ,फट्याग्रा नि घाट जान्छन् ॥
कति खन्छौ मलाई् हेर्न,मिल्दा सम्म आएकै छु
सानो तिनो बाटो फेर्छौ, हुन्छ भनी मानेकै छु
जरै देखी खेदो खने ,मेरो शक्ती हेर्नु भन्दै
कोल्टे फेर्छु कैले काहीं,बिन्ती गर्छौ फर्के कै छु ॥
अब यौटा कुरा मेरो,मनैबाट सोची लिनु
पर्दैन है केही पनि,भेट भनी मलाई् दिनु
निरन्तर बगी दिन्छु ,तिमी बाच्नु जुनी जुनी
मेरो बाटो नमास्नु है,जोगाऊनु मेरो चिनु ॥
कोमल, काठमाडौ
२२ मार्च २०२४