काठमाडौं । खोटाङका चर्चित साहित्यकार डा. पुरण राईका दुई कृतिहरुमाथि विहंगम समिक्षात्मक चर्चा तथा खोटाङका पाँच सर्जक व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । भाद्र १५ मा पालिका अभिलेख प्रा.लि काठमाण्डौँद्धारा शुभम फाउण्डेशनको सभाहलमा श्रष्टा साहित्यकार डा. पुरण राईका दुई कृतिहरु वशन्त रितु उपन्यास र लाशमाथिको मानवता नाटकमा विहंगम समिक्षात्मक चर्चा गर्दै खोटाङमैँ जन्मिएर साहित्यिक क्षेत्रमा ठुलो योग्दान पु¥याउदै समाज सेवाको क्षेत्रमा लागेका पाँच व्यक्तित्वहरुलाई सम्मानित गरिएको हो ।
पालिका अभिलेख प्रा.लि तथा शुभम फाउण्डेशनको संयुक्त आयोजना खोटाङका साहित्यकार एवं समालोचक वेदी राईद्धारा उपन्यास वशन्त रितु माथि समिक्षा गरिएको थियो । यस्तै साहित्यकार एमसी सुमितले नाटक लाशमाथिको मानवतामाथि समिक्षात्मक चर्चा गरेका थिए ।
काठमाडौँले उक्त अवसरमा सोही जिल्लाका पाँचजना सर्जक श्रष्टाहरुलाई सम्मानित गरेको छ । साहित्यकार विष्णु आभूषण, वरिष्ठ पत्रकार तथा सर्जक कृष्ण आचार्य, साहित्यकार नरेन्द्र निर्विकार, साहित्यकार एमसी सुमित र साहित्यकार रेखा राई ‘क्षितिज’लाई कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । उनीहरुले खोटाङ जिल्लामै रहेर सिर्जनशिल साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाउदै आएका छन् ।
जिल्लास्थित जनप्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा पालिका अभिलेख डटकम नामक न्यूज पोर्टलको समेत सार्वजनिक गरिएको छ । डा. राईको सम्पादन तथा प्रकाशनमा रहने डिजिटल अनलाइन पालिका अभिलेख डटकमले सबै पालिकाको जानकारीमूलक सामाग्रीहरु प्रकाशन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जन्मिएका सर्जक डा. राईको वि.सं. २०६१ सालमा ‘मेरो देशको भूगोल’ कविता सङ्ग्रह, वि.सं. २०८० एकैसाथ आप्रवाशी नेपाली कवितामा अलंकार विधा, डरका विम्वहरु, अस्तु कथासंग्रह, बशन्त रितु उपन्यास र लाशमाथि मानवता नाटक संग्रह प्रकाशित भएका थिए ।