
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेल र गुटेरेसबीच आज राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको हो ।
महासचिव गुटेरेस नेपालको ४ दिने औपचारिक भ्रमणको क्रममा अहिले काठमाडौँमा रहेका छन् ।
आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगाएतलाई पनि भेटवार्ता गरेका छन् ।
भोलि महासचिव गुटेरेस एभरेष्ट बेसक्क्याम्प जाने कार्यक्रम छ । पर्सि मंगलवार उनले नेपालको संसदमा संवोधन गर्ने कार्यक्रम रहेको छ ।