मुख्य समाचार

पोखरामा विदेशी पाहुनाले मनाए तिहार

काठमाडौं । नेपालीहरुको चाडपर्व धेरै विदेशी पर्यटकहरुलाई मन पर्छ । विभिन्न देशबाट घुम्न नेपाल आएका विदेशी पाउनाहरुले नेपालका विभिन्न चाडपर्वहरुमा समावेश हुने गरेका छन् । आज नेपालमा यस वर्षको तिहारको भाइटिका परेको थियाे । सोही अवसरमा विभिन्न देशबाट नेपाल घुम्न आएका विभिन्न विदेशी पर्यटकहरुले धु्मधामका साथ खुशीले तिहा्र मनाएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेसाकइडमा आयोजित भाइटीका महोत्सवमा १५ देशका ६८ जना विदेशीले टीका लगाएका हुन ।

होटल संघ पोखराले विदेशीलाई नेपाली संस्कृतिबारे जानकारी दिने, भाइचार बढाउने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरेको भाइटीका महोत्सवमा विदेशीहरुको उत्साहप्रद सहभागिता जनाएका थिए ।

उक्त भाइटीका महोत्सवमा अमेरिका, अष्ट्रेलिया, इजरायल,बेलायत, जापान, डेनमार्कलगायत देशका पर्यटकहरुलाई रेन्बो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टीका लगाइ दिए । विदेशी पाहुनाहरुले टीका र माला लगाएपछि पर्यटकहरूलाई टोपी, सल र सेलरोटी उपहार प्रदान गरिएको थियो। छात्राहरूले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान समेत गरेर मनोरञ्जन लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *