मनोरञ्जन

माघ ३ मा फिल्म ‘१२ सत्ताईस’

काठमाडौं । ‘१२ सत्ताईस’ माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा बिषयबस्तुका रुपमा लिएर निर्माण भएको यो फिल्मको निर्देशन जोन योञ्जनले गरेका हुन् ।

निर्देशक योञ्जनको कथा समेत रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्र ध्वज मल्ल, करन साउँद लगायतको मुख्य भुमिका रहेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् । फिल्मको सह निर्माताको रुपमा गौतम शाह रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *