मनोरञ्जन

सपनाको लोकदोहोरी गीत ‘सपना’

काठमाडौं । सपना थापाको स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन्। गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई दर्साइएको छ।

भिडियोमा लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन्। सागर प्रधानको शब्दतथा संगीत र महेश बिक्रम पाण्डे को एरेन्ज रहेको छ । गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *