मनोरञ्जन

अर्जुनको आवाजमा ‘रेल ले तान्यो र साइली’ सार्वजनिक

काठमाडौंं । नेपाली लोक दोहोरी गीत संगीतमा मौलिक पन झल्काउने गीत संगीत बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक अर्जुन विरही शर्मा र गायिका सपना विसीको आवाजमा रहेको ‘रेल ले तान्यो र साइली’ गीत मौलिक शैलीमा आएको छ ।

नेपालको ग्रामिण परिवेशमा रोधी बस्ने परम्परालाई संरक्षण गर्ने अभिप्रायले गीत तयार पारिएको छ । मायालुसँग रोधीमा मनमा रहेको पिडालाई पोख्न पाउदा निकै खुशी लागेको पुरा गीतमा भनिएको छ ।

अर्जुन विरहीको शब्द तथा गण्डकी क्षेत्रमा गाइने मौलिक भाकामा लय सिर्जना गीतमा रहेको छ ।विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन तथा विशाल विरहीको निर्देशन भिडियोमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *