मनोरञ्जन

र्‍यापर टी सुनामीको नयाँ र्‍याप गीत ‘फुर्‍याक फुर्‍याक’

काठमाडौं । र्‍यापर टी सुनामी (श्रृजल खनाल)को नयाँ र्‍याप गीत ‘फुर्‍याक फुर्‍याक’ सार्वजनिक भएको छ । सुनामीकै शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

 गिरिश खतिवडाको छयाँकन र सम्पादन रहेको भिडियोमा हनी बुढाथोकीको मिक्सिङ् रहेको छ । भिडियोको निर्माण गिरिशले गरेका हुन् भने गिरिशकै युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।
र्‍याप गीत ‘परिचय’मार्फत स्रोता दर्शकको मन जित्न सफल टी सुनामीको यो दोस्रो र्‍याप गीत हो । टी सुनामी पोखरामा भएको नेपाल गोल्डेन आइडलका विजेता समेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *