मनोरञ्जन

हट एण्ड बोल्ड निकिता

काठमाडौं । मिस नेपालले फिल्म अभिनयमा दर्बिलो उपस्थिती जनाउन सकेका छैनन् । ता पनि अभिनयमा भित्रिने मिस नेपालको भिड बढ्दो छ । यस्तैमा सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । फिल्मका निर्देशक विराज भट्ट हुन् ।

यो फिल्मभन्दा अगाडि उनी ‘रानीमहल’मा अनुबन्ध भएकी थिइन् । तर, निर्माता र निर्देशकबीच लफडा भएपछि फिल्मको आधा छायांकन पनि नसकिँदै रोकियो । अब, यो फिल्म नबन्ने बताइएको छ । पहिलो गाँसमै ढुंगा लागेपछि निकिता निराश भएकी थिइन् । केही समय अभिनय सिकेपछि नयाँ फिल्म गर्ने मनस्थितिमा रहँदा उनलाई अभिनेता विराजले ‘साङ्लो’ अफर गरेका थिए ।

सुरुमा उनी यो फिल्म नगर्ने सोचमा थिइन् । तर, स्क्रिप्ट सुनेपछि उनले नकार्न सकिनन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनको जोडी अभिनेता विराजसँग बाँधिएको छ ।

‘साङ्लो’ डेब्यू फिल्म भएका कारण यसको व्यापारले निकिताको आगामी यात्रामा ठूलो अर्थ राख्नेछन् । त्यसैले पनि फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनले प्रमोशनमा अभिनेता विराजलाई राम्रो साथ दिइरहेकी छन् ।

‘चरीले काफल’ गीत हिट भएपछि केही दिनअघि फिल्मको नयाँ गीतको छायांकन गरिएको छ । गीतमा विराज र निकिताले डान्स गरेका छन् । काठमाडौंमा खिचिएको गीतको केही अचल तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ । उनको पहिरनले काठमाण्डौको चिसो मौसमलाई समेत चुनौती दिएको छ ।

फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा सुरेश अधिकारीरराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *