विश्व

ब्रेक्जिट सम्झौतामा हस्ताक्षर  

एएफपी।युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरु अर्थात ब्रसेल्सका दुई शीर्ष अधिकारीहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुने सम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन  ।

उर्सुला भोन डर लेन र चाल्स मिचेलले हस्ताक्षर गरेकाे सो औपचारिक दस्ताबेज अनुमोदनका लागि अब जनवरी २९ मा बस्ने युरोपेली संसदमा पठाइने भएको छ ।

त्यसपछि अर्को हप्ता बिहिबार इयू सदस्य राष्ट्रहरुका कूटनीतिज्ञहरूले जनवरी ३१ को मध्यरातमा बेलायतको अर्ध बिदाइ सुनिश्चित गरी लिखित रुपमा सम्झौता स्विकृत गर्ने छन ।

एक ट्वीटमा, मिचेलले ‘परिस्थितिहरु अपरिहार्य रूपमा परिवर्तन हुनेछ तर हाम्रो मित्रता कायमै रहनेछ र हामी साझेदार र सहयोगीहरूको रूपमा नयाँ अध्याय सुरू गर्नेछौँ’ भनेका छन ।

यो सम्झौतामा हस्ताक्षर गरिएको कुरा उनले आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *