समाचार

भारतले पठायो राजदूत शर्माको एग्रिमो

काठमाठौं । भारतका लागि राजदूत सिफारिस भएका डा. शंकर शर्माको एग्रिमो आएको छ । बुधबार भारतले शर्माको नाममा सहमति पठाएको हो । भारतको बिदेश मन्त्रालयले राजदूत शर्माको एग्रिमो परराष्ट्रलाई पठाएको हो ।

अब शर्मालाई राष्ट्रपति बिद्या भण्डारीले नियुक्त गर्ने र शर्मा भारत जाने बाटो खुलेको छ । सरकारले कार्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो । उनको संसदीय सुनुवाई मंसिर २२ मा भएको थियो ।

संसदीय सुनुवाई समितिले शर्माको नाम अनुमोदन गरेपछि एग्रिमोका लागि भारतलाई पत्र पठाइएको थियो । शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व राजदूत समेत हुन् । शर्मासँगै राजदूत सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *