समाचार

सभापति शेरबहादुर देउवाद्वारा रामचन्द्र पौडेलको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेल २०७९ फाल्गुण २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे राष्ट्रपति पदमा निर्वाचित भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग भएका हुन् । उनले आज दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागु हुने गरी स्वीकृत गरेका हुन् ।

नेपाली कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा उनले पु¥याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गर्दै सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेललाई सफलताको शुभकामना समेत दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *