
काठमाडौं । नापी कार्यलय सुर्खेतले १५ दिने सुचना जारी गर्दै लेकवेशी नगारपालिका वडा नं ६र७ भित्र बसोबास गर्ने नागरिकहरुलाई जग्गाको नापी गर्न आग्रह गरेको छ ।
राष्ट्रिय भुमि आयोग जि.स.सुर्खेतबाट जारी भएको नापनक्सा सुरुहुने भएकाले नापी कार्यलय सुर्खेतले लेकवेशी नगरपालिकालाई जग्गाको नापी गर्न आग्रह गरेको हो ।
राष्ट्रिय भुमि आयोगले भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उदेश्यका साथ लेकवेशी नगरपालिका वडा नं. ६ र ७ भित्रको मिति २०८०/०२/३ गते अगावै जिल्ला समिति र स्थानिय तहले पहिचान र छनोट गरेको सरकारी जग्गाको नापनक्सा मिति २०८०/०२/ ०३ देखी सुरु हुने भएकाले नापी कार्यलय सुर्खेतले यस्तो सुचना जारी गरेको हो ।
सम्बन्धित व्यक्तिहरुले नाप नक्सा हुँदाको समयमा आ–आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्साका साथ उपस्थित भएर आँफूले भोगचलन गरेको जग्गाको नापी गर्न कार्यलयले आग्रह गरेको जारी सुचनामा उल्लेख छ ।
