
काठमाडौँ । नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै नक्कली भृटानी शरणार्थी प्रकरणमा मुझिएका आरोपितहरुले भुटानी मानव अधिकार संठनको नामबाट नक्कली भुटानी शरणार्थी परिपत्र बनाएको खुलेको छ ।
सो प्रकरणमा प्रहरीले गरेको अनुसन्धानमा ओरोपितहरुले पेश गरेको कागजबाट यस्तो खुलेको हो ।
प्रतिवादीहरुले जाहेरवालाई नक्कली भुटानी शरणार्थी बनाउनका लागि ८१ जना जाहेरवालाको नक्कली नाम राखि सोही नक्कली नामबाट भुटानी मानव अधिकार संगठनको नामबाट परिचय पत्र बनाएर पिडितहरुलाई ठगी गरेका थिए।
अमेरिका जाने नाममा फसाइएका नेपाली नागरिकहरुको यस्तो नाम परिवर्तन गरेर नक्कली भुटानी शरणार्थी परिपत्र बनाइयो :