समाचार

‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने

काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।

आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको छ ।

कलाकार प्रकाश बस्नेतका अनुसार दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको छ ।

‘सक्किगोनि’को तेस्रो सिजन काभ्रेपलाञ्चोकको पाँचखालमा छायांकन भइरहेको छ । यस सिजनमा पनि अधिकांश पुरानै कलाकारको बाहुल्य रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *