
काठमाडौं । वाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । वाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले विहिबारबाट लागु हुने गरी सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएपछि वाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
मन्त्रालयले घटाएको भाडा द राजपत्रमा प्रकाशित भएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयले जनाएको छ ।