समाचार

जसपा प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त भएका प्रदीपलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा निमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसदका महासचिवलाई पत्र लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *