समाचार

इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन किन गाह्रो माने ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित मुख्य योजनाकारका रुपमा चिनिएका इन्द्रजित राईले न्यायाधीशसमक्ष असक्षता जनाएका छन् ।

उनले आफ्नो स्वास्थ्यको अवस्था ठिक नरहेको बताउदैँ बयान दिन नमानेका हुन् । उनको स्वास्थय अवस्था बेठिक भएको भए कसरी अदालतमै आफ्ना वकिलसँग छलफल गरेर चिया ब्रेकपछि बयान दिन सक्षम हुन्छन् । वकिलहरुसंगको छलफलपछि मात्र बयान दिने उनले बताएका छन् ।
गत शुक्रबार सागर राई र केशवप्रसाद दुलालले बयान दिएका थिए । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत रहेका छन् ।

गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *