समाचार

राष्ट्रिय झण्डा ओढाएर पूर्व राष्ट्रपति भण्डारीले दिइन् नेम्वाङप्रति श्रद्धाञ्जली

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

केहि बेरअघि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल पुर्याइएपछि अहिले श्रद्धाञ्जली दिनेको भिड लागेको छ ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *