
काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । सोमबार बेलुका धरान– १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको स्रोतले जनाएको छ ।
उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेपछि उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा उपस्थित हुन सकेन । समयमा प्रहरी नआएपछि अराजक समुहले भाग्ने मौका पाएको जनाइएको छ ।
उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले जानकारी दिए ।