समाचार

दिपक दिपाको सिनेमा हल आज देखी सञ्चालनमा

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल आज शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।

लामो समयदेखि निर्माण भएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।
हल निमार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिईन ।

उद्घाटनको दिन सो सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ’नाङ्गो गाउँ’ र झरना थापा निर्देशित फिल्म ’एक भागवत र एक गीता’ लाग्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *