समाचार

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा जैशीको प्यानल विजयी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको आज भएको अधिवेशनबाट शिवराज जैशीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । युनियनको निर्वाचनमा अध्यक्षका प्रत्याशी शिवराज जैशीले अर्का प्रत्याशी कैलास कार्कीलाई ३ मतले पछि पार्दै विजयी हासिल गर्न सफल भएका छन् । युनियनको नयाँ कार्यसमितिमा निर्वाचित सबै जैशी प्यानलको रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा जम्मा ४३ मत खसेको थियो । जसमा जैशीले २३ मत प्राप्त गरेका थिए भने कार्की २० मत प्राप्त गर्न सफल भए । यस्तै युनियनको उपाध्यक्षमा २९ मत ल्याएर सोनु केसी निर्वाचित भएकी छिन् ।

त्यसैगरी सचिव ३१ मतले राजु रिजाल विजय भएका छन भने मनोज पौडेल २६ मत ल्याएर कोषाध्यक्षमा विजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा सागरकुमार भट्टराई, निरु कुमारी लेखक र राधेश्याम मल्लले क्रमशः २६, २१ र २८ मत ल्याएर कार्यसमिति सदस्यमा विजयी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *