खेलकुद

क्रिकेट विश्वकपमा आज न्यूजील्याण्ड र अफगानिस्तान खेल्दै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।

जारी क्रिकेट विश्वकपमा न्यूजील्याण्डले आफ्ना शुरुका तीन खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ भने अफगानिस्तानले तीन खेलमा एक जित र एक हार बेहोरेको छ ।

न्यूजील्याण्डले पहिलो खेलमा इङल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई ९९ रनले र तेस्रो खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटको र दोस्रो खेलमा भारतसँग ८ विकेटको हार बेहोरेको थियो । त्यसैगरी तेस्रो खेलमा अफगानिस्तानले इङल्याण्डलाई स्तब्ध पार्दै ६९ रनको जित हासिल गरेको थियो ।

न्यूजील्याण्ड र अफगानिस्तानबीच अहिलेसम्म केवल दुई एकदिवसीय खेल भएका छन् भने दुवै विश्वकपमा भएका हुन् । न्यूजील्याण्डले २०१५ र २०१९ मा खेलेका यी दुवै खेल जितेको थियो ।

अफगानिस्तान पछिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन इङल्याण्डलाई स्तब्ध पारेर उच्च आत्मबलका साथ यो खेल खेल्ने छ । त्यसैगरी न्यूजील्याण्ड भने यस विश्वकपमा शानदार प्रदर्शन गरिरहेको छ । तर न्यूजील्याण्डको प्रमुख चिन्ता उनका नियमित कप्तान फेरी घाइते हुनु हो । केन विलियम्सन आफ्नो विश्वकपको पहिलो खेलमा नै बंगलादेशविरुद्ध घाइते भएपछि उनी फेरी मैदान बाहिर भएका छन् । यद्यपी उनी हाल विश्वकप खेल्ने टिममै हुने छन् ।

अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, नजिबुल्लाह जद्रान, अज्मातुल्लाह ओमरजाई, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी, र नवीन उल हक ।

न्यूजील्याण्डको सम्भावित प्लेइङ ११: टम लाथम (कप्तान), डेभोन कोनवे, विल योङ, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, लुकी फर्गुसन, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *