
काठमाडौँ । ईङल्याण्ड २०२४ युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा इटालीलाई ३-१ गोल अन्तरले पराजित गर्दै ईङल्याण्ड समुह सी बाट युरोकपमा छनौट भएको हो ।
ईङल्याण्डको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने एक गोल मार्कस राशफोर्डले गरेका थिए । यस खेलमा १-० गोलले पछि परेपछि खेलमा कमब्याक गर्दै ईङल्याण्डले जित हासिल गरेको थियो ।
त्यसैगरी इटालीका लागि एक गोल गियानलुका स्कामाक्काले गरेका थिए ।
यो जितपछि ईङल्याण्डको ६ खेलमा १६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इटालीको यो हारपछि ६ खेलमा १० अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।