विश्व

अल्मुताइरीको अफगानिस्तानको प्रशिक्षकबाट राजीनामा

काठमाडौँ । अब्दुल्लाह अल्मुताइरीले अफगानिस्तान राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन् । गत अप्रिलमा अफगान फुटबल टिमको प्रशिक्षक बनेका अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिएको बताएका हुन् ।

गएराती विश्वकप छनौट अन्तर्गत मंगोलियासँग हारेपछि उनले प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन् । उनको नेतृत्वमा अफगानिस्तानले ७ खेल खेलेकोमा २ जित, २ बराबरी र ३ खेलमा हार बेहोरेको थियो ।

मिडिया रिपोर्टका अनुसार उनलाई टिममा विभाजन ल्याएको र अनावश्यक हस्तक्षेप गरेको आरोप लागेपछि फुटबल फेडेरेसनले बर्खास्त गर्नुअघि राजीनामा दिएको बताइएको छ ।

उनी यसअघि नेपालको प्रशिक्षक थिए । नेपालमा पनि पटक पटक विवादमा आएपछि उनले २०२१ को अप्रिलमा राजीनामा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *