
काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा युएईको सामना गर्दै छ । मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै युएईले पहिला ब्याटिंग गर्ने भएको हो ।
नेपालका लागि श्याम ढकालले टी-२० अन्तर्राष्ट्रिय खेलमा डेभ्यु गरेका छन् । हालै अप्रेशन गरेका ललित राजबंशी टिममा समावेश भएपनि आजको खेलमा श्यामले अवसर पाएका हुन् । साथै सन्दीप लामिछानेले भने यस प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका कारण टिम बाहिर रहेका छन् ।