खेलकुद

नेपाललाई युएईको मध्यम लक्ष्य, करणले दिलाए ३ विकेट

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको छ ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२ रन, बासिल हमिदले ५१ रन, आसिफ खानले १५ रन बनाए । खालिद शाह र मोहम्मद फराजुद्दीन शुन्य रनमै आउट भए ।

नेपालका लागि करण केसीले तीन विकेट, गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले एकएक विकेट लिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *