खेलकुद

युएईविरुद्ध कप्तान रोहित बने प्लेयरअफ द म्याच

काठमाडौँ । युएईविरुद्ध अविजित ५१ रन बनाएका कप्तान रोहित पौडेल आजको खेलको प्लेयरअफ द म्याच बनेका छन् ।

युएईलाई ७ विकेटले पराजति गर्ने क्रममा रोहितले ४० बलमा ५ चौकासहित अविजित ५१ रन बनाएका थिए ।

उनले चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसंग मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

नेपालले आजदेखि शुरु भएको त्रिकोणात्मक टी -२० सिरिजमा ७ विकेटको जित हासिल गर्दै विजयी शुरुवात गरेको छ । अब सिरिजमा नेपालले भोलि विहिबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *