
काठमाडौँ । न्यूजील्याण्डले अफगानिस्तानलाई २८९ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै २८८ रन बनाएको हो ।
न्यूजील्याण्डका लागि ग्लेन फिल्प्सले सर्बाधिक ७१ रन बनाए भने कप्तान टम लाथमले ६८ रन बनाएका थिए । दुवैले पाँचौं विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए ।
त्यस्तै विल योंगले ५४, रचिन रविन्द्रले ३२, मार्क चापम्यानले २५ र डेभोन कोनवेले २० रन बनाएका थिए ।
त्यसैगरी अफगानिस्तानका बलर नविन उल हक र अज्मातुल्लाह ओमरजाइले २-२ विकेट लिए भने राशिद खान र मुजीब उर रहमानले एक एक विकेट लिएका थिए ।